हिमालयन लाइफको सीईओमा कपिलकुमार दाहाल नियुक्त

२०८२ कार्तिक १२, बुधबार

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कपिलकुमार दाहाल नियुक्त भएका छन्।

कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले दाहाललाई सीईओमा नियुक्त गरेको हो। यसअघि उनी कम्पनीमा निमित्त सीईओको जिम्मेवारीमा थिए।

सीईओ पदबाट मनोजकुमार लाल कर्णले गत असोज २७ गते राजीनामा दिएका थिए। कर्णको राजीनामा स्वीकृत गर्दै सञ्चालक समितिले सोही दिन दाहाललाई असोज २८ गतेदेखि लागू हुने गरी निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार