मन्त्री भएपछि महावीर पुन बाङ्गो कुरा गर्दै छन् : हर्क साम्पाङ

२०८२ कार्तिक १२, बुधबार

काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई(हर्क साम्पाङ)ले शिक्षा मन्त्री महावीर पुनले मन्त्री भएपछि ठुलो कुरा गरिरहेको टिप्पणी गरेका छन्।

बुधबार फेसबुकमा स्टाटस राख्दै साम्पाङले यस्तो टिप्पणी गरेका हुन्।

‘मलाई कहिल्यै फोन नगर्ने महावीर पुनले २०८२ भदौ २४ गते राति जेन–जीको दोस्रो दिनको आन्दोलनको दिन फोन गरेर हर्क भाइ धेरै नमच्चिनु! खड्डामा हाल्छन् है भन्नु भो,’ साम्पाङले लेखेका छन्, ‘पुङ न पुच्छर, फेद न टुप्पो असान्दर्भिक लाग्यो! पछि आफै मन्त्री बन्न जानु भो!’

आफूले महावीरलाई सोझो मान्छे ठानेर ‘रेकर्ड ब्रेक किताब किनबेच गर्दिएको साम्पाङले दाबी गरेका छन्। ‘सोझो मान्छेको किताब विक्रीमा मेरा टिमका साथीहरूले रेकर्ड ब्रेक गर्ने गरी किताब बेचिकिनी दिए,’ उनले लेखेका छन्।

उनले अगाडि लेखेका छन्, ‘मन्त्री भएपछि अलि बाङ्गो कुरा गर्दै छन् दाजैले! तर म रिसाएको छैन!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार