फागुन २१ मा चुनाव गराएरै छाड्छु : प्रधानमन्त्री कार्की

२०८२ कार्तिक १३, बिहीबार

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले आफूले चुनाव गराएरै छाड्ने बताएकी छिन् ।

फागुन २१ का लागि तय भएको चुनावबारे विभिन्न टिकाटिप्पणी भइरहेका बेला बुधबार साँझ बालुवाटारमा भएको जेनजी र दलहरूसहितको त्रिपक्षीय वार्तामा प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।

प्रधानमन्त्री कार्कीले प्रष्ट पार्दै भनिन्, ‘म चुनाव गराएरै छाड्छु । सरकारले चुनाव गराएरै देखाउँछ ।’ उनले जेनजी र दलहरूलाई संवादमा सहभागी भएकोमा धन्यवाद दिँदै यतिले मात्रै नपुग्ने र नियमित छलफल गर्दै गर्ने पनि बताइन् ।

‘यो संवाद सुरुवात हो । नियमित छलफल गर्दै गरौंला,’ प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै वार्तामा सहभागी एक नेताले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार