लिभरपुल इएफएल कपको चौथो चरणबाटै बाहिरियो

२०८२ कार्तिक १३, बिहीबार

काठमाडौं : प्रिमियर लिगको साविक विजेता टोली लिभरपुलको खराब लय कायमै रहँदा इंग्लिस फुटबल लिग (इएफएल) कपको चौथो चरणबाटै बाहिरिएको छ ।

गएराति भएको खेलमा दोस्रो रोजाइको टोली उतारेको लिभरपुल प्रिमियर लिगकै क्रिस्टल प्यालेससँग ३-० गोलअन्तरले पराजित भएको हो । प्यालेसको जितमा इस्माइल सारले २ गोल गर्दा येरेमी पिनोले १ गोल गरे । खेलको ४१औं र ४५औं मिनेटमा सारले गोल गर्दै प्यालेसलाई पहिलो हाफमा २-० ले अगाडि राखे ।

७९औं मिनेटमा लिभरपुलका अमारा नालोले रातो कार्ड पाएपछि लिभरपुल अन्तिम समयमा १० खेलाडीमा सीमित भएको थियो । ८८औं मिनेटमा पिनोले गोल गर्दै प्यालेसको ३-० को जित पक्का गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार