काठमाडौँ : अस्ट्रेलियाका एक युवा क्रिकेटरको मेलबर्नमा अभ्यासका क्रममा चोट लागेर मृत्यु भएको छ।
बेन अष्टिन नामका १७ वर्षीय क्रिकेटर नेट अभ्यास गरिरहेका थिए, जब स्वचालित बलिङ मेसिनबाट फालिएको बलले उनको टाउको र घाँटीमा चोट पु¥यायो।
विश्वास गरिन्छ कि अभ्यासको समयमा उनले हेल्मेट लगाएका थिए। मंगलबार जब उनलाई चोट लाग्यो, आपतकालीन सेवालाई बोलाइएको थियो। अस्पताल लगिएको केही समयपछि बेनलाई लाइफ सपोर्ट सिस्टममा राखिएको थियो, तर बुधबार उनको मृत्यु भयो।
उनको क्रिकेट क्लबले जनाएको छ कि बेन एक प्रतिभावान र लोकप्रिय खेलाडी थिए।









