रुपन्देहीमा ट्रक र बस ठोक्किँदा ११ यात्रु घाइते

२०८२ कार्तिक १४, शुक्रबार

रुपन्देही : सिद्धार्थ राजमार्गअन्तर्गत रुपन्देहीको ओमसतिया गाउँपालिका–१ ठुटीपिपलमा बस र ट्रक एकआपसमा ठोक्किँदा ११ जना यात्रु घाइते भएका छन्।

शुक्रबार भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ९२६० नम्बरको माइक्रोबसले सर्भिस लेनबाट मुख्य सडकमा प्रवेश गर्ने क्रममा लु १ ख ४४७७ नम्बरको ट्रकसँग ठोक्किएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

दुर्घटनामा घाइते भएकामध्ये केहीको उपचार भैरहवास्थित भीम अस्पतालमा भइरहेको छ भने अन्य घाइतेहरूलाई नजिकैका स्थानीय अस्पतालहरूमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। घाइतेमध्ये एक जनाको अवस्था मध्यम रहेको र बाँकी सबैको अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनापछि ट्रक र बसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार