काठमाडौँ : आगामी मंसिर १२ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘हर्ष’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।
शुक्रबार सार्वजनिक नयाँ पोस्टरमा सिनेमाका तीन मुख्य पात्र खगेन्द्र लामिछाने, वर्षा राउत र बालकलाकार साइमन वादीलाई प्रस्तुत गरिएको छ ।पोस्टरले चलचित्र पूर्णरूपमा पारिवारिक कथामा निर्माण भएको संकेत गरेको छ । खगेन्द्र र वर्षा छोरासँग खुसी मुद्रामा देखिएका छन् ।
मंसिर १२ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई एकता पौडेलले निर्देशन गरेकी छन् । चलचित्रमा खगेन्द्र, वर्षा र साइमनसहित नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, सुवर्ण थापालगायत कलाकारको अभिनय गरेका छन् ।
चलचित्रको कथा निर्देशक पौडेल आफैँले लेखेकी छन् ।










