इंग्लिस प्रिमियर लिग : लिभरपुलसँग एस्टन भिल्ला पराजित

२०८२ कार्तिक १६, आईतवार

काठमाडौं : इंग्लिस प्रिमियर लिगमा लगातार चार हारपछि लिभरपुलले जित हासिल गरेको छ ।

गएराति भएको खेलमा लिभरपुलले एस्टन भिल्लामाथि २-० को जित निकालेको हो । लिभरपुलका लागि मोहमद सालाह र रायन गाभेनबर्कले १/१ गोल गरे । खेलको पहिलो हाफको इन्जुरी समयमा सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ५८औं मिनेटमा गाभेनबर्कले अग्रता दोब्बर पारे ।

जितपछि लिभरपुलको १० खेलमा १८ अंक भएको छ र तेस्रो स्थानमा छ । पराजित भिल्ला १५ अंकसहित ११औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार