रास्वपाको विस्तारित बैठक आजदेखि सुरु

२०८२ कार्तिक २१, शुक्रबार

चितवन : चितवनको सौराहास्थित चित्रसारीमा आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक सुरु हुँदैछ । २१ र २२ कात्तिकसम्म सञ्चालन हुने विस्तारित बैठकले पार्टीको आगामी रणनीति तय गर्नेछ ।

शुक्रबार बिहान ८ बजेदेखि विस्तारित बैठक सुरु गर्ने तयारी छ । त्यसका लागि अधिकांश प्रतिनिधिहरू बैठकमा सहभागी हुन विहीबार राति नै सौराहा आइसकेका छन् । रास्वपाले विहीबार सौराहामा पत्रकार सम्मेलन आयोजना गरी बैठकको तयारी पूरा भएको जनाएको छ ।

बैठक उदघाटन पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले गर्नेछन् । बैठकमा पार्टीका कार्यवाहक सभापति अर्यालले राजनीतिक र अर्का उपसभापति डा.स्वर्णिम बाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्नेछन् ।

साथै, महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक र सहमहामन्त्री विपिन आचार्यले उम्मेदवार चयनको विधी सम्बन्धी प्रतिवेदन पेस गर्ने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार