गृहमन्त्री अर्यालविरुद्ध सुदन गुरुङको आक्रोश

२०८२ कार्तिक २१, शुक्रबार

काठमाडौँ : हामी नेपालका संयोजक तथा जेनजी अभियन्ता सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कामप्रति चर्को असन्तुष्टि जनाएका छन् ।

बिहीबार मध्याह्न सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै गुरुङले गृहमन्त्री अर्यालको कामप्रति चर्को असन्तुष्टि जनाएका हुन् ।

अर्यालले  जनताको भरोसा पूरा गर्न नसकेको गुरुङको आरोप छ । यस्तो अवस्थामा पदमा बसिरहनु राष्ट्रप्रतिकै अपमान भएको गुरुङको भनाइ छ । ‘देशभरबाट हत्यारालाई कारबाही गर, भ्रष्टाचारीलाई कारबाही  गर भन्ने आवाज उठ्दा जेन्जीलाई कारबाही  गर  सुन्ने गृहमन्त्री पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो,’ सामाजिक सञ्जालमा गुरुङले लेखेका छन् ‘सहिदको रगत सम्झनुहोस्। नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्। काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार