काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशलाई स्वायत्त घोषणा गर्नुपर्ने बताएका छन् ।
मधेश प्रदेशको मुख्यमन्त्रीमा सबैभन्दा ठूलो दलको हैसियतमा एमालेका सरोजकुमार यादव नियुक्त भएपछि डा. राउतको यो प्रतिक्रिया आएको हो ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मधेश हाम्रो हो र यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छ ।’ उनले अब ‘स्वायत्तताको आन्दोलन’को उद्घोष जरूरी रहेको पनि बताएका छन् । उनले भनेका छन्, ‘नेपाली औपनिवेशिक शासनको अन्त्य गर्ने सही मौका यही हो ।’
‘मधेश प्रदेशसभाको बैठकबाट मधेश प्रदेशको स्वाययत्ता घोषणा गरौँ, आफ्नै प्रदेश प्रहरी र प्रशासनसहितको सरकार गठन गरौं । डराएर सदियौं नेपाली शासकको गुलामी गर्यौं, अब खुलेर बोलौँ’ उनले भनेका छन् ।









