काठमाडौं : पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका-१६ स्थित पथलैया-निजगढ सडकखण्डमा जंगली हात्तीले आतंक मच्चाएको छ ।
सोमबार बिहान ८ बजेको समयमा ना४ख १८३० नम्बरको ट्रक चालकमाथि जंगली हात्तीले आक्रमण गरेको छ । ट्रकबाट हाम्फालेर भाग्न खोज्ने क्रममा हात्तीको आक्रमणबाट ट्रक चालक जितपुरसिमरा-१ का करिब ४० वर्षीय राजकुमार चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।
बेलुकादेखि नै हात्तीले आतंक मच्चाएपछि पूर्वपश्चिम राजमार्गमा गुड्ने गाडीलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रशासनले अनुरोध गरेको थियो ।केही गाडीका चालकहरूले अटेर गर्दा सोमबार बिहान यस्तो घटना भएको बारा प्रहरीले जनाएको छ ।








