एमालेले बोलायो विघटित संसदीय दलको बैठक

२०८२ कार्तिक २४, सोमबार

काठमाडौं : नेकपा एमालेले विघटित प्रतिनिधिसभाको संसदीय दलको बैठक बोलाएको छ ।

बैठक आगामी मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो । नेता महेश बर्तौलाले मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा छलफल गर्न’ बैठक राखिएको जानकारी दिए ।

प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा पनि बर्तौलाले प्रमुख सचेतकको हैसियतमा बैठक बोलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार