काठमाडौं : नेकपा माओवादी केन्द्रसहितको एकता प्रक्रियामा असहमति जनाएका विघटित नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झांक्री, किसान श्रेष्ठ लगायतका नेताहरू नेकपा एमालेमा फर्किएका छन् ।
सोमबार काठमाडौंको राष्ट्रिय सभा गृहमा एमालेले आयोजना गरेको ‘घर फर्क अभियान राष्ट्रिय घोषणा सभा’ कार्यक्रममार्फत उनीहरू एमालेमा फर्किएका हुन् । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीको झण्डासहित खादामाला लगाएर पार्टीमा स्वागत गरे ।
सो क्रममा उनीहरूले पार्टी अध्यक्ष ओलीलाई सांकेतिक रुपमा कलम हस्तान्तरण गरेका थिए । सोही कार्यक्रममा गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिमिल्सिना, राजाराम स्याङतान, ववि चाम्लिङ, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई, केदार गौतम, सावित्री न्यौपाने, उत्तम श्रेष्ठ, केशव सापकोटालगायतलाई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।








