मधेस प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्ण सिफारिस

२०८२ कार्तिक २४, सोमबार

काठमाडौं : सरकारले मधेस प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णलाई नियुक्तिका लागि सिफारिस गरेको छ।

सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले मधेस मामलाका जानकार कर्णलाई प्रदेश प्रमुख पदमा नियुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

मधेस प्रदेशको मुख्यमन्त्रीमा विवादस्पद निर्णय गरेकी प्रदेश प्रमुख सुमीत्रा भण्डारी सुवेदीलाई बर्खास्त गर्दै सरकारले कर्णलाई सो जिम्मेवारी दिने निर्णय गरेको हो। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश प्रमुख‍मा कर्णलाई नियुक्त गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार