मुख्यमन्त्री नियुक्तिको विरोधमा सर्वोच्चमा रिट दर्ता

२०८२ कार्तिक २५, मंगलवार

जनकपुरधाम : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का संसदीय दलका नेता सरोजकुमार यादवलाई मधेस प्रदेशको मुख्यमन्त्री पदमा दिइएको नियुक्ति अवैध भएको भन्दै सोमबार सर्वोच्च अदालतमा छुट्टाछुट्टै दुई वटा रिट निवेदन दर्ता गरिएका छन् ।

जनकपुरधाम–१६ घर भई काठमाडौँ महानगरपालिका–३५ बस्ने रक्कीप्रसाद साह र सिराहा नगरपालिका–२० का सुजित यादवले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवादी बनाएर सर्वोच्चमा रिट निवेदन दर्ता गरी उत्प्रेषण परमादेशको माग गरेका छन् ।

साह र यादवले नेपालको संविधानको धारा १६८ को उपधारा २ विपरीत संविधान उल्लङ्घन गरेर उपधारा ३ बमोजिम सरकार गठन गरेकाले उत्प्रेषणको आदेशमार्फत मुख्यमन्त्रीको नियुक्ति खारेजीको माग गरेका हुन् । गत शनिबार मधेस प्रदेशको मुख्यमन्त्री पदबाट जीतेन्द्रप्रसाद सोनार सोनलले राजीनामा दिएपछि आइतबार यादवलाई नियुक्त गरेर सोमबार बिहान बर्दिबासको एक होटलमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सपथ ग्रहण गराएका थिए ।

यसैगरी काननुका विद्यार्थी तथा पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–६ घर भई काठमाडौँ महानगरपालिका–११ बस्ने अर्जुन साहले पनि मुख्यमन्त्रीको नियुक्ति अवैधानिक भएकाले बदर माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार