कोशी प्रदेशमा आज सार्वजनिक बिदा

२०८२ कार्तिक २५, मंगलवार

काठमाडौं : किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्तीको अवसरमा कोशी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

प्रदेश सरकारले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सम्मानमा प्रदेशभर सार्वजनिक बिदा दिएको हो । महागुरु फाल्गुनन्द लिङदेनको जन्म विसं १९४२ कात्तिक २५ गते आइतबार भएको थियो । समाज सुधारका लागि नीति निर्माण गरेका फाल्गुनन्दको विसं २००५ मा निधन भएको थियो ।

फाल्गुनन्द किराँत धर्मका महागुरु तथा समाज सुधारक हुन् । उनलाई सरकारले २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार