सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

२०८२ कार्तिक २५, मंगलवार

काठमाडौँ : मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ९ सय रुपैयाँले बढेको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज ४ हजार ९ सय रुपैयाँले बढेर २ लाख ४६ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार ६५ रूपैयाँ कायम भएकोमा आज १०५ रूपैयाँले बढेर ३ हजार १ सय ७० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार