काठमाडौं : देशमै स्वरोजगार र उद्यमशीलताको सोचलाई प्रोत्साहन दिने उद्देश्यका साथ नबिल बैंकले सञ्चालन गरेको नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) कार्यक्रम युवामाझ उद्यमशीलता विकासको प्रेरणाको केन्द्र बन्दै गएको छ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा सर्टिफिकेट कोर्षका प्रशिक्षार्थी आयुष गिरी त्यसका एक प्रेरणादायी उदाहरण हुन् । २३ वर्षीय गिरीले १४ दिनको प्रशिक्षणपछि नेपालमै व्यवसाय गर्न सकिने आत्मविश्वास पाए । अहिले उनले देशभरका होटलहरूलाई एउटै प्लेटफर्ममा ल्याई जहाँबाट पनि बुकिङ गर्न मिल्ने वेवसाइट सञ्चालन गर्दैछन।
गिरी भन्छन्, “पहिले विदेश जाने सोच थियो, तर यो कार्यक्रममा सहभागी भएपछि स्वदेशमै केही गर्न सकिन्छ भन्ने आत्मबल आयो। बैंकले मेरो व्यवसायिक योजनामा लगानी गर्ने निर्णय गरेपछि अझ ठूलो हौसला पाइयो।” हाल उनका ६ जनाको टोलीले पर्यटन र डिजिटल प्रवद्र्धन क्षेत्रका व्यवसाय विस्तार गर्दैछ।

कस्तो व्यवसाय गर्ने, कसरी शुरु गर्ने, शुरु गरेपछि कस्ता कस्ता चुनौतीहरु आउँछन् र त्यसलाई कसरी समाधान गर्ने देखि आफ्नो ब्राण्डलाई मार्केटिङ कसरी गर्ने, कर्मचारी कति राख्ने र यसबाट कसरी कती प्रतिफल लिन सकिन्छ भन्ने ज्ञान व्यवसाय शुरु गर्नु अगाबै नबिल एसएसई कोर्सले सिकाएको गिरी बताउँछन् । तालिमको फलस्वरुप हौसला बढ्दै गएको र व्यवसायमा सफलता प्राप्त गर्दै गइएको उनी बताउँछन् र अहिले ट्राभल र टुरिजमको पनि काम गर्नको लागि थप गृहकार्यहरु गर्दै गइरहेका उनले बताए ।
नबिल बैंकले नबिल एसएसई प्रोत्साहन कार्यक्रममा सहभागी आयुष गिरी एक प्रतिनिधि पात्र हुन् । बैंकले संचालन गरेको यस नबिल एसएसई कार्यक्रम मार्फत फेलोशिप कार्यक्रमबाट ७६ जना फेलोले तालिम लिएका छन् र ६२ वटा उद्यम स्थापित छन् र सर्टिफिकेट कोर्ष बाट १०६९ जनाले प्रशिक्षण लिईसकेका छन। जसबाट १३१ वटा उद्यमहरु स्थापना भएका छन्। दुवै कार्यक्रम मार्फत प्रशिक्षित उद्यमीहरुबाट प्रत्यक्ष वा अप्रत्यक्ष गरि १४००० भन्दा बढी रोजगारी सिर्जना भएको छ।
१८ वर्ष उमेर पुगेका नेपालीहरु सहभागी हुन सक्ने यस कार्यक्रम अन्तर्गत फेलोशिप कार्यक्रम त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायसंगको सहकार्यमा संचालन हुँदै आएको छ । त्यसैगरी सातै प्रदेशका ११ वटा शैक्षिक संस्था संगको सहकार्यमा सर्टिफिकेट कोर्ष संचालित छ।
देशमा बढदै गएको बेरोजगारी र असन्तुष्टिलाई सम्बोधन गर्ने उद्देश्यले बैंकले सुरु गरेको कार्यक्रमले बिशेष गरी विद्यार्थी, नवउद्यमी तथा समाजिक उद्यमशीलता प्रवद्र्धन गर्ने व्यक्तिहरूमा उद्यमशील सोच विकास गर्ने, उद्यम सञ्चालन सीप प्रदान गर्ने र दिगो व्यवसाय मोडेल निर्माण गर्न सहयोग पु¥याउने छ ।
वर्ष भरि संचालन हुने यस कार्यक्रममा सामाजिक प्रभाव र समावेशीकरणमा स्पष्ट प्रतिबद्धता देखाउने, आर्थिक रूपमा कमजोर वा लक्षित समुदायबाट आएका र ती समुदायको सशक्तीकरण गर्ने विचार वा उद्यम भएका व्यक्तिहरुलाई स्थानीय स्रोतमा आधारित कृषि, पर्यटन, हस्तकला वा इको–उत्पादन वा जुनसुकै क्षेत्रमा काम गर्ने उद्यमीहरुलाई उद्यमशीलताका बिषयगत विज्ञहरूबाट प्रशिक्षण दिई उद्यमशील सोच र सामाजिक उद्यमलाई दिगो बनाउन सीप प्रदान गर्दै आएको छ ।

अंगे्रजी र नेपाली भाषाको ज्ञान हुनुको साथै सामाजिक समस्या पहिचान गरी त्यसको समाधान सामाजिक उद्यममार्फत गर्न सकिन्छ भन्ने दृढ बिश्वास भएको र ३ महिनाको अवधिका कम्तीमा १४ दिन यस कार्यक्रमको लागि समय दिन सक्ने व्यक्तिहरुलाई सम्बन्धित क्याम्पसहरुमा बुझाइएको आबेदकहरुलाई अन्तर्वाताको माध्यमबाट बैंकले यस कार्यक्रममा समावेश गर्दै आएको छ ।
सातै प्रदेशबाट विभिन्न क्याम्पसहरुसंगको सहकार्यमा हुने कार्यक्रम अन्तगर्न बैंकले कोशी प्रदेशमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट उच्च मूल्यका कृषि–इकोसिस्टम प्रवद्र्धन, साना किसानलाई व्यवसायीमा रूपान्तरण गने, अदुवा, बेसार, र किबिजस्ता उच्च मूल्यका बालीको साथै यसको बजारीकरणको विषयमा आबेदन खुलाएको छ भने मधेश प्रदेशका विरगंज पब्लिक कलेज र मोनेस्टिक सेकेन्डरी इंग्लिश बोर्डिङ स्कूल बाट कृषकका बारीमा भएका उत्पादनलाई सिधैं बजारमा पु¥याएर मुल्य निर्धारण गर्न र खाद्य प्रशोधनमा आधारित महिला तथा युवाद्वारा सञ्चालित उद्यम सशक्तिकरणको सिकाईमा केन्द्रित कोहर्ट आब्हान गरेको छ।
बैंकले सो क्षेत्रमा उत्पादन हुने स्थानीय बालीहरु जस्तै ऊखुबाट बन्ने विभिन्न गुड, रस इत्यादि उत्पादन तथा बजारीकरणमा जोड दिनेछ । त्यस्तै बागमती प्रदेशको क्याम्पियन कलेजबाट डिजिटल नवप्रवर्तन र हरित उद्यम विकास अन्तर्गत डिजिटल स्टार्टअप (आईटी, फ्रीलान्सिङ, ई–कमर्स) र हरित उद्यम (फूलबारी, डेरी, अर्गानिक खेती) को प्रवद्र्धनको निम्ति आब्हान गरेको छ भने लुम्बिनी प्रदेशको क्षितिज इन्टरनेशनल कलेज, दिव्य ज्योति मल्टिपल क्याम्पस र कोहलपुर मोडल कलेजबाट सह–समन्वित र दिगो उद्यम विकास अन्तर्गत युवा तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिद्वारा सञ्चालित कृषि र परम्परागत हस्तकला (जस्तै माटोको भाँडा) उद्यमीलाई यस कोहर्टमा आबेदनको निम्ति प्रोत्साहन गरेको छ।
बैंकले गण्डकी प्रदेशमा पर्वतपारिको पर्यटन अवधारणबाट संचालित कार्यक्रमले पर्वतारोहणभन्दा पर विविध पर्यटन अवधारणाहरू—इको–टुरिज्म, एग्रो–टुरिज्म, र सामुदायिक होमस्टे उद्यम प्रवद्र्धनमा जोड दिने उदेश्य राखेको छ। त्यस्तै कर्णाली प्रदेशको सुर्खेत मोडल कलेज पर्वतीय उद्यम अभियानबाट मह, बाँस, जडिबुटी र आवश्यक तेल (लेमनग्रास, जटामांसी) मा आधारित पर्वतीय उद्यम विकास कार्यक्रममा र सुदूरपश्चिम प्रदेशको सुदूरपश्चिमाञ्चल एकेडेमीबाट ग्रामीण उद्यम र इको–टुरिज्म विकास, सांस्कृतिक पर्यटन र पशुपालन–आधारित उद्यम को साथै परम्परागत थारु संस्कृतिसँग आधुनिक व्यवसायिक दृष्टिकोणको संयोजन गर्ने काममा बैंकले प्रोत्साहन गर्न लागेको हो ।
बैंकले सम्बन्धित क्षेत्रका विज्ञ तथा अनुभवी व्यवसायिक व्यक्तिहरूद्वारा संचालन गर्ने यस कार्यक्रममा सहभागीहरूले विज्ञ संचालकको साथै सहकर्मी सिकाइका अवसर, व्यावहारिक प्रशिक्षण, र वित्तीय संस्थासँगको साझेदारीमार्फत सम्भावित आर्थिक सहयोगको पहुँच प्राप्त गर्न मद्दत गर्दछ ।
बैंकले यस वर्षको फेलोशिप कार्यक्रम र सर्टिफिकेट कोर्स कार्यक्रमको आवेदन खुल्ला गर्दै कार्यक्रममा सहभागि भई स्वरोजगार र आत्मनिर्भर अर्थतन्त्रमा सहभागी हुन आह्वान गरेको छ । कार्तिक २८ गतेसम्म आवेदन दिन सक्ने यस कार्यक्रमबाट व्यवसाय रणनीति, नेतृत्व, प्रभाव मापन र दिगोपनाबारे गहन शिक्षण दिनुका साथै मार्गदर्शन, विज्ञ सल्लाह, नेटवर्किङ र वित्तीय पहुँचमा अवसर दिने र फिल्ड भ्रमण, व्यावहारिक सत्र, र विभिन्न क्षेत्रका अग्रणी व्यक्तिबाट सहकर्मी सिकाइ प्राप्त गर्न सकिन्छ ।
नेपालका अग्रणी वित्तीय संस्थाहरूमध्ये एक नबिल बैंकले विगत लामो समयदेखी नेपालको अर्थतन्त्रमा टेवा प¥याउँदै नवप्रवर्तन र दिगो विकास मा निरन्तर लगानी गर्दै आएको छ । नबिल एसएसई जस्ता कार्यक्रममार्फत बैंकले उद्यमशीलता, सामाजिक प्रभाव, र वित्तीय समावेशीकरण लाई जोड्दै, नेपालको दिगो विकास लक्ष्यहरू प्राप्तिमा महत्वपूर्ण योगदान पु¥याइरहेको छ ।
यसरी सहभागी हुन सकिन्छ कार्यक्रममा
यस कार्यक्रममा सहभागी हुन इच्छुकहरुले बैंकको वेवसाइट वा नबिल एसएसईको सामाजिक संजालहरुमा प्राप्त जानकारी अनुसार आवेदन दिन सक्नेछन् । देशै भर विभिन्न क्षेत्रगत उद्यमलाई प्राथमिकता दिइयता पनि जुनसुकै क्षेत्रमा नविनतम सोचमा आधारित उद्यम गर्ने आवेदकले पनि आबेदन दिई सहभागी हुन सक्नेछन्।








