काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबिच भेटवार्ता भएको छ ।
मंगलबार काठमाडौमा भएको दुई नेताबिचको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था, निर्वाचन तथा पार्टी एकताका सन्दर्भमा कुराकानी भएको बताइएको छ ।
भेटवार्तापछि दुइजनाको तस्बिर पोस्ट गर्दै नेता थापाले सौहार्दपूर्ण वातावरणमा भेटघाट भएको र सकारात्मक दिशातर्फ उन्मुख भएको बताएका छन् ।








