फिल्म ‘पीआर’ जापानमा पनि प्रदर्शन हुने

२०८२ कार्तिक २५, मंगलवार

काठमाडौँ : मङ्सिर २६ गतेबाट नेपालमा प्रदर्शन हुन लागेको फिल्म ‘पीआर’ जापान पनि प्रदर्शन हुने भएको छ । फिल्मलाई जापानमा युना डिजिटलले प्रदर्शन गर्न लागेको हो ।

निर्देशक शोभित बस्नेतले फिल्मको जापान अधिकार बिक्री भएको जानकारी दिए । ‘जापानका लागि यो फिल्म राम्रो रकममा बिक्री गरिसकेका छौँ । अन्य देशका फिल्म वितरकहरूसँग पनि छलफल भइरहेको छ र केही दिनमै थप जानकारी दिनेछौँ’ उनले भने ।

निर्देशक बस्नेतका अनुसार, ‘पीआर’ प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित फिल्म हो । फिल्ममा विदेशमा रहेका छोराछोरीको जीवन र नेपालमा रहेका अभिभावकले उनीहरूप्रति गरेको अपेक्षालाई कथाको केन्द्र बनाइएको छ ।

फिल्ममा नीर शाह, गौरी मल्ल, आर.ए. सुरज पौडेल, विनीता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी, बिमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू , कृष्ण थापा, र नवीन घायल लगायतका कलाकारको अभिनय रहेको छ। विशेष भूमिकामा रवीन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्कीको अभिनय छ ।

फिल्मका प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल हुन् । गणेश बुढाथोकीले लेखन तथा बन्दे प्रसादले सम्पादन गरेका फिल्ममा सौरभ सायमी र सौरभ लामाको छायाङ्कन छ । फिल्मको वितरणको जिम्मा आर.आर. फिल्मस्ले गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार