धर्मेन्द्रबारे आएको समाचारप्रति पत्नी हेमा मालिनीको आपत्ति

२०८२ कार्तिक २५, मंगलवार

काठमाडौं : बलिउड अभिनेत्री तथा भाजपा सांसद हेमा मालिनीले आफ्ना पति तथा अभिनेता धर्मेन्द्रबारे सञ्चारमाध्यमले गलत समाचार दिएको भन्दै आपत्ति जनाएकी छन्।

केही भारतीय सञ्चारमाध्यमले उनी नरहेको दाबी गर्दै समाचार लेखेपछि हेमाले सामाजिक सञ्जालमा पोस्ट गर्दै खबर झुटो भएको बताएकी हुन्। उनले खण्डन गरेसँगै भारतीय सञ्चारमाध्यमले त्यो समाचार हटाएर उनको प्रतिक्रिया राखेका छन्।

हेमा मालिनीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘जे भइरहेको छ त्यो अक्षम्य छ! जिम्मेवार च्यानलहरूले उपचारको प्रभाव परिरहेको र निको भइरहेका व्यक्तिका विषयमा कसरी गलत समाचार फैलाउन सक्छन्?’ उनले अगाडि लेखेकी छन्, ‘यो अत्यन्तै अनादरपूर्ण र गैरजिम्मेवारपूर्ण छ। कृपया परिवार र उनीहरूको गोपनीयताको सम्मान गर्नुहोस्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार