पूर्वसांसद देवीप्रकाश भट्टचन तारेखमा छुटे

२०८२ कार्तिक २५, मंगलवार

काठमाडौं : पूर्वसांसद देवीप्रकाश भट्टचन तारेखमा छुटेका छन्। जिल्ला सरकारी वकिल कार्यालयले उनलाई थुनामुक्त गर्न प्रहरीलाई निर्देशन दिएको हो।

सिआइबीले गत ११ कात्तिकमा उनलाई पक्राउ गरेको थियो। प्रभु रेमिटसँग सम्बन्धि हिनामिनामा उनी पक्राउ परेका थिए । सरकारी वकिलको निर्देशनअनुसार उनलाई थुनामुक्त गरिएको सिआइबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताए।

स्वास्थ्यको कारण देखाएर सरकारी वकिलले थुनामुक्त गर्ने निर्णय गरेको हो। उनीसँग सिआइबीले बयान लिइसकेको छ। यस प्रकरणमा संलग्न अन्यमाथि अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार