कांग्रेस फुट्न सक्ने शेखर कोइरालाको चेतावनी

२०८२ कार्तिक २६, बुधबार

काठष्माडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महाधिवेशनको विषयमा पार्टीभित्र उत्पन्न विवादले पार्टीलाई विभाजनको स्थितिमा पुर्याउन सक्ने चेतावनी दिएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यदि केन्द्रीय समितिले विशेष महाधिवेशनको निर्णय गर्न नसके भने पार्टी विभाजनको सम्भावना हुने बताएका छन् । कोइरालाले भने, ‘विशेष महाधिवेशनको मागमा ५४ प्रतिशत प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । हस्ताक्षर प्रमाणीकरण सुरु भएपछि पार्टी विभाजनको प्रक्रिया सुरु हुनसक्छ ।’

कोइरालाले महाधिवेशनको अन्तिम निर्णय केन्द्रीय समितिले लिनुपर्नेमा जोड दिँदै भने, ‘हामी पार्टी एकता कायम राख्न चाहन्छौं, त्यसैले महाधिवेशनको निर्णय समितिले नै गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार