काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेले नागरिकलाई बलियो बनाउन सरकार पनि बलियो हुनुपर्ने बताएका छन् ।
काभ्रेपलाञ्चोकस्थित एमालेको बनेपामा नगर कमिटीद्वारा मंगलबार बनेपामा आयोजित नगरस्तरीय भेलामा उनले राज्य कमजोर हँदा नागरिक पनि कमजोर हुने बताए ।
“राज्य सक्षम सबल भए नागरिक बलिाया हुने हुन्, त्यसैले एमालेले यही मान्याता बोक्दै आएको हो”, पोखेरेलले भने “राज्य कमजोर हुँदा राष्ट्रविरुद्धको षडयन्त्र सफल भएको देखियो, सरकारमा को थियो भन्ने कुरा गौण कुरा हो, त्यसैले राज्य बलिायो हुनुपर्ने हाम्रो मान्यता हो ।” उहाँले एउटा लोकतान्त्रिका क्रान्तिले देश बदल्ने गर्छ, नेपालमा पटकपटक क्रान्ति गर्ने परिस्थिति किन उत्पत्ति हुने गर्दछ भन्ने प्रश्न जगजाहेर भएको यो प्रश्न खटिरहेकको बताए । उनले भने “यस विषयमा हामीले गम्भीर रूपमा बुझेर र विष्लेषण गर्नुपर्नेछ ।”
महासचिव पोखरेलले गत भदौ २३ र २४ को घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने आवश्कयता औँल्याउँदै नेपालमा भएको षडयन्त्रको पहिचान बलियो राज्यले मात्रै गर्ने तर्क व्यक्त गरे । उनले प्रतिनिधिसभा पुनःस्थापना र प्रतिगमन खारेजको माग गर्दै देशव्यापी प्रर्दशन सुरु गरेको बताए ।








