मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्धको मृत्यु, दुई घाइते

२०८२ कार्तिक २६, बुधबार

बागमती : मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–३ हात्तिसुडेमा मंगलबार साँझ मोटरसाइकको ठक्करबाट पैदयात्री एक वृद्धको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

हेटौँडाबाट फापरबारीतर्फ आउँदै गरेको बा ५८ प ३३१८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री स्थानीय ७१ वर्षीय खडकबहादुर घलानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते घलानलाई उपचारका लागि हेटौँडा अस्पतालमा भर्ना गरिएको थियो ।

उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक मकवानपुरको बकैया गाउँपालिका–७ निवासी २५ वर्षीय देवराज विक र मोटरसाइकलमा पछाडि सवार मकवानपुरको बागमती गाउँपालिका–६ का २० वर्षीय देवराज धानुकी घाइते भएका छन् ।

उनीहरु दुवै जनाको स्थानीय हात्तिसुडे मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार