वामदेव नेतृत्वको पार्टी निर्वाचन आयोगले गर्‍यो खारेज

२०८२ कार्तिक २६, बुधबार

काठमाडौं : निर्वाचन आयोगले वामदेव गौतम नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी एकीकरण अभियान खारेज गरेको छ ।

गौतमको निवेदनपछि आयोगले उक्त पार्टी खारेज गरेको हो । नेकपा एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि गौतमले पार्टी खारेजको निवेदन आयोगमा दिएका थिए । आयोगले नागरिक उन्मुक्ति पार्टी, नेपाल आयोगमा दर्ता भएको पनि जानकारी दिएको छ ।

यससँगै आयोगमा दर्ता भएका कुल दलको सङ्ख्या १२५ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार