गृहमन्त्रीसँगको वार्ताका लागि सिंहदरबार गएनन् प्रसाईं

२०८२ कार्तिक २६, बुधबार

काठमाडौँ : दुर्गा प्रसाईं संयोजक रहेको नागरिक बचाउ महाअभियानको टीम गृहमन्त्री ओमप्रका अर्यालसँग वार्ताका लागि सिंहदरबार पुगेको छ ।

केन्द्रीय प्रवक्ता माधव कल्पितको नेतृत्वमा अभियानको टोली मन्त्रालयमा पुगेका हुन् । दुर्गा प्रसाईँ भने गएका छैनन् ।

प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छ्न् । गृहमन्त्रालयले वार्ताका लागि आजको समय दिएको थियो । यसअघि प्रसाईँले जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत वार्ताका लागि समय मागेकोमा मन्त्रालयले काठमाडौं प्रशासनमार्फत नै समय उपलब्ध गराएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार