मधेस प्रदेश भवन अगाडि सात दलको धर्ना शुरु

२०८२ कार्तिक २६, बुधबार

धनुषा : मधेस प्रदेश भवन अगाडि सात दलका नेता कार्यकर्ताहरूले धर्ना दिएका छन् । बुधबार नेपाली कांग्रेसका नेता वीरेन्द्र सिंह, जसपाका सचेतक रामआसिस यादव लगायतका नेता कार्यकर्ताहरु धर्नामा बसेका हुन् । धर्नाका कारण सडक अवरुद्ध भएको छ ।

मङ्गलवार पनि मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरिरहँदा मधेस भवन बाहिर ७ राजनीतिक दलका नेता कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए । सो क्रममा प्रहरीले लाठीचार्ज गर्दा १६ जना बढी घाइते भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार