माइक्रो बस दुर्घटना हुँदा १४ जना घाइते

२०८२ मंसिर ५, शुक्रबार

काठमाडौँ : धनकुटाको पाख्रिबास नगरपालिका–५ भैसेस्थित मध्यपहाडी लोकमार्गमा माइक्रो बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

आज बिहान काठमाडौँबाट खाँदबारीतर्फ जाँदै गरेको बा ४ ख ५५०२ नम्बरको सप्तकोशी हायास अनियन्त्रित भई करिब ६०/७० मिटर तल खसेपछि दुर्घटना भएको हो। घाइते यात्रुलाई स्थानीयको सहयोगमा तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटातर्फ पठाइएको छ ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय पाख्रिवासका इन्चार्ज सइ नारायणप्रसाद भट्टराईले जानकारी दिए । घाइतेहरूको विस्तृत विवरण खुल्न बाँकी रहेको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार