नीतु आत्महत्या प्रकरण : बाबुल गिरी धरौटीमा रिहा

२०८२ मंसिर ५, शुक्रबार

काठमाडौं : गायिका नीतु पौडेलको मृत्यु प्रकरणमा पक्राउ परेका गायक तथा संगीतकार बाबुल गिरी धरौटीमा रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतले उनलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । बाबुल र नीतु केही समयदेखि प्रेममा थिए । गिरीले नीतुको आत्महत्यामा आफू जिम्मेवार रहेको स्वकारोक्ति बयान दिएपछि अदालतले तत्कालका लागि धरौटी राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईका अनुसार प्रेमिकाको चाहनालाई आफूले समयमै गम्भीरताका साथ नलिनु नै उनको आत्मदाहको कारण बनेको भन्दै अदालती बयानमा पनि बाबुलले पश्चाताप गरेका थिए । कात्तिक १ गते अनामनगरस्थित गिरीको स्टुडियोमा गायिका पौडेलले आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी थिइन् ।

घटनापछि उपचारका निम्ति बर्न अस्पताल कीर्तिपुरमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको कात्तिक ७ गते निधन भएपछि गायक गिरी पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार