काठमाडौँ : सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन्।
सुदूरपश्चिमले पहिलो खेलमा काठमाडौ गोर्खाजलाई २९ रनले हराएको थियो। पोखरा भने पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनले पराजित भएको थियो।
पोखरा आजको खेलमा पहिलो जितको खोजीमा छ। सुदूरपश्चिम भने लगातार दोस्रो जित निकाल्न चाहन्छ।
पोखराले अघिल्लो खेलेको टोलीबाट आज दुई खेलाडी परिवर्तन गरेको छ। तिर्थराज दासको स्थानमा विपिन खत्री र म्याट टेलरको स्थानमा सुमित बर्मा सुरुवाति ११ मा आएका छन्।
सुदूरपश्चिमले भने विराटनगरविरुद्ध खेलेको टोलीलाई नै निरन्तरता दिएको छ।
पोखरा एभेन्जर्सको टोली : कुशल भुर्तेल, दिनेश खरेल, किरणकुमार ठगुन्ना, सागर ढकाल, अविषेक तिवारी, आकाश चन्द, विपिन खत्री, सुमित वर्मा, आडम रोसिङटोन, डेनियल डाउथवेट, जिम्मी निसम।
सुदूरपश्चिम रोयल्सको टोली: दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अविनास बोहरा, नरेन साउँद, इशान पाण्डे, विनोद भण्डारी, हेमन्त धामी, क्रिस लिन, स्कट कुग्लिजिन, जोस ब्राउन, हरमित सिंह।











