कृषि विकास बैंकको साधारणसभा मंसिर २९ गते

२०८२ मंसिर ६, शनिबार

काठमाण्डौँ : कृषि विकास बैंक लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । बैंकको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर २९ गतेका लागि १९ औँ साधारणसभा बोलाएको हो ।

सभा भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजे बस्ने छ । उक्त साधारणसभाले आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने ३.२५ प्रतिशत बोनस सेयर र ९.७५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । त्यसैगरी अग्राधिकार सेयर पुँजीमा वार्षिक ६ प्रतिशतले नगद लाभांश प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।

यसका साथै गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने, बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार