अब जेनजी पुस्तालाई जिम्मेवारी सुम्पिन्छु : प्रचण्ड

२०८२ मंसिर ६, शनिबार

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब देशको नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्ने समय आएको बताएका छन् ।

शनिवार पेरिसडाँडास्थित पार्टी मुख्यालयमा जेनजी कार्यकर्तासँगको संवाद कार्यक्रममा बोल्दै प्रचण्डले पुरानो पुस्ताले वैचारिक र सांस्कृतिक रूपमा मार्गदर्शन मात्र गर्ने र मुख्य जिम्मेवारी युवालाई दिनुपर्नेमा जोड दिए ।

‘अब तपाईँहरूलाई नै जिम्मेवारी सुम्पने हो । नयाँ नेपालको सपना साकार पार्न हामी सबैले सङ्कल्प गर्नुपर्छ,’ उनले भने । भ्रष्टाचार नियन्त्रण, सुशासन र विकासका लागि युवाहरूको ऊर्जा अपरिहार्य रहेको उनको भनाइ थियो । भदौ २३ र २४ गते जेनजी युवाहरूले गरेको आन्दोलनले देशलाई नयाँ चेतनातर्फ धकेलेको र आफूहरूलाई थप ऊर्जा दिएको प्रचण्डले बताए । ‘जेनजीले उठाएका माग र हाम्रा मागमा धेरै समानता छन् । आन्दोलनको उद्देश्य एकदमै सही छ,’ उनले भने ।

विगतमा आफू १६ वर्षको उमेरमा पार्टीमा जोडिएको, २७ वर्षमा युवा सङ्गठनको अध्यक्ष र ३५ वर्षमा पार्टीको शीर्ष नेता बनेको स्मरण गर्दै उनले १० वर्षे जनयुद्धदेखि ०६२/६३ को आन्दोलन र गणतन्त्र प्राप्तिसम्म युवाकै निर्णायक भूमिका रहेको चर्चा गरे । महिला, दलित, जनजाति, मधेशीलगायत सबै उत्पीडित समुदायको समावेशिताको आधार पनि युवाकै सङ्घर्षले बनेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार