निर्वाचनका लागि दल दर्ता गराउने कांग्रेसको निर्णय

२०८२ मंसिर ६, शनिबार

काठमाडौँ : नेपाली कांग्रेसले आउँदै गरेको दुई निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउने निर्णय गरेको छ ।

शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले माघ ११  गते आइतबारको दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते बिहीबारको दिन हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको हो ।

सो प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने लगायतका कानून बमोजिमका सम्पूर्ण प्रक्रिया पूरा गर्न केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेललाई बैठकले जिम्मेवारी दिएको छ । पार्टीले निर्वाचनमा सहभागी हुने औपचारिक निर्णय गरेको पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार