एनपीएल : काठमान्डु विराटनगरसँग पाँच विकेटले पराजित

२०८२ मंसिर ६, शनिबार

काठमाडौं :  नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार विराटनगरले काठमान्डुलाई पाँच विकेटले पराजित गरेको हो। काठमान्डुले दिएको १३५ रनको लक्ष्य विराटनगरले पाँच विकेटको क्षतिमा १७.१ ओभरमा सहजै पूरा गरेको छ।

विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो। काठमाडौंँ भने यसअघि दोस्रो सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो। पहिलो खेलमा जित हासिल गरेको काठमान्डुको दुई अंक छ। विराटनगरका लागि जर्ज मुन्सीले ३६ रन बनाए। उनले १६ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे।

मार्टिन गप्टिलले २५, नरेन भट्टले २४, बसिर अह्मदले १९ र लोकेश बमले १४ रन बनाए। काठमान्डुका लागि शहाब आलमले दुई, करण केसी, सन्तोष यादव र गेहार्ड इरसमसले एक–एक विकेट लिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार