पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक

२०८२ मंसिर ६, शनिबार

काठमाडौँ : आइतबार हुने पार्टी एकताका विषयमा छलफल गर्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को विशेष महाधिवेशन आयोजक समितिको पूर्ण बैठक बसेको छ ।

आज पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बसेको आयोजक समितिको पूर्ण बैठकमा पार्टीका संस्थापक अध्यक्ष डा बाबुराम भट्टराई, संयोजक दुर्गा सोबलगायत नेताहरूले बैठकमा सम्बोधन गरे । आजको बैठकमा आइतबार हुने पार्टी एकताका विषयमा छलफल भएको सो पार्टीको केन्द्रीय सचिवालयले जनाएको छ ।

आइतबार दिउँसो १२ः०० बजे राष्ट्रिय सभागृहमा सो पार्टीले बृहत् एकता घोषणासभाको आयोजना गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार