काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक मंसिर ११ गते बस्ने भएको छ ।
प्रवक्ता प्रकाशशरण महतले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने विषयमा पार्टीले केन्द्रीय समितिबाट निर्णय लिएको जानकारी दिए। नियमित वा विशेष महाधिवेशन गर्ने भन्ने विषयमा भने अब अर्को बैठकमा छलफल हुने उनको भनाइ छ।
प्रवक्ता महतका अनुसार मंसिर ११ गतेका लागि केन्द्रीय समिति बैठक बोलाइएको छ।











