चलचित्र ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

२०८२ मंसिर ७, आईतवार

काठमाडौँ : चलचित्र ‘अभिमन्यु’ च्याप्टर–१’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक भएको छ । मङ्सिर १८ गते रिलिज हुने चलचित्रको नयाँ गीतमा सुशान्त गौतमको स्वर तथा संगीत रहेको छ।

गीतमा सुरेश बादलको शब्द छ । प्रेममा छटपटिएको प्रेमीले प्रेमिकाको सम्झनामा जीवन समाप्त गर्न पनि नसकेको र चयनले बाँच्न पनि नसकेको थिममा गीत तयार भएको छ । सँगै जिउने कसम खाएको प्रेम बीचमै टुट्दाको छटपटी गीतमा छ । प्रेमिकाको कोमल हृदयको तारिफ गर्दै सँगै बिताएका पल समेटिएको गीतले अव्यक्त प्रेममा रहँदाको प्रसंग पनि समेटेको छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य दुई पात्र कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा छन् । चलचित्रका फुटेज समावेश गरिएको भिडियोमा तराई–मधेश देख्न सकिन्छ । फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल मुख्य भूमिका छ ।

सुशान्त गौतम निर्देशित चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार