काठमाडौं : एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को लाभांश घोषणा गरेको छ ।
बैंकको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैंठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।












