रास्वपामा समानुपातिक सांसदको उम्मेदवारी आह्वान

२०८२ मंसिर ७, आईतवार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवार आह्वान गरेको छ ।

रास्वपाले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि औपचारिक रूपमा उम्मेदवारी आह्वान गरेको हो । रास्वपाले योग्यता पुगेका इच्छुक पार्टी सदस्यहरूलाई समानुपातिक उम्मेदवार बन्नका लागि मोबाइल एपमार्फत अनलाइन आवेदन दिन भनेको हो ।

पार्टीले उमेदवारी दिनका लागि मंसिर २५ गतेसम्मको समयसीमा तोकेको छ । उमेदवार छनोटको मापदण्ड तथा रूपरेखाबारे पार्टीको वेबसाइटमा राखिएको रास्वपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार