प्रधानमन्त्री कार्कीविरुद्धको अदालतको अवहेलना मुद्दा न्यायाधीश फुयाँल र मुसलमानको इजलासमा

२०८२ मंसिर ७, आईतवार

काठमाडौँ : पूर्व प्रधानन्यायाधीशसमेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दा सुनुवाइका लागि पेशी तोकिएको छ ।

अदालतले दिएको अन्तरिम आदेशको पालना नगरेको भनी प्रधानमन्त्री कार्कीविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती र प्रेम सिलवालले रिट दायर गरेका थिए । सो रिट सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा पेशी तोकिएको हो ।

राजदूत फिर्ता बोलाउने सरकारले गरेको निर्णयविरुद्ध परेको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिँदै निर्णय कार्यान्वयन नगर्ने भनेको थियो । अदालतको आदेश विपरीत सरकारले विभिन्न ११ देशका राजदूतहरुलाई परराष्ट्र मन्त्रालयमा हाजिर हुनेगरी फिर्ता बोलाएको थियो । ती राजदूतहरु हाल परराष्ट्रमा पुुगेर हाजिर हुने गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार