काठमाडौं : सशस्त्र प्रहरी बल नेपालको सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक मनिष थापालाई दिइएको छ ।
यसअघि सूचना अधिकारी तथा प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएपछि थापाले जिम्मेवारी पाएका हुन् ।
अब सशस्त्र प्रहरीसँग जोडिएका सूचनाबारे जानकारी लिन थापालाई मोबाईल नम्बर ९८५१२७२००७ र ईमेल [email protected] मा सम्पर्क गर्न सकिने सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।











