तोकिएकै समयमा निर्वाचन हुनुपर्छ : रेखा शर्मा

२०८२ मंसिर ८, सोमबार

दाङ: पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताएकी छिन् ।

दाङको बङ्गलाचुली गाउँपालिकाको आयोजनामा आइतबारदेखि सुरु भएको छैटौँ बङ्गलाचुली गाउँपालिका कप–२०८२ को उद्घाटन गर्दै पूर्वमन्त्री शर्माले जेनजी आन्दोलनले मुलुकमा सबै दलहरूलाई सच्याउने र सच्चिने अवसरसहित नयाँ निर्वाचनको मिति घोषणा भएकाले समयमै निर्वाचन हुनुपर्ने बताइन् ।

मुलुकको स्वाधिनता र उपलब्धिको रक्षाका लागि प्रतिनिधिसभाको निर्वाचन समयमा सम्पन्न गर्न दलहरू तयार बन्नुपर्नेमा जोड दिँदै उनले तोकिएको निर्वाचनलाई विफल बनाउन कोही पनि लाग्न नहुने बताइन्।

नेपाली कम्युनिस्ट पार्टीका नेता शर्माले खेल र खेलाडी राष्ट्रका सम्पत्तिमा रहेकाले यी सम्पत्तिको विकास र उत्थानका लागि स्थानीय सरकारले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताइन् । गाउँपालिकास्तरीय उक्त प्रतियोगिता मङ्सिर ८ गते समापन हुनेछ । गाउँपालिकाका आठ वटै वडाका तीन खेल समूहका खेलाडीले प्रतियोगितामा सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार