मुस्ताङीले देखेको विकासको सपना पूरा गर्न लाग्छौँ : डीपी अर्याल

२०८२ मंसिर ८, सोमबार

मुस्ताङ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापित डोलप्रसाद अर्यालयले मुस्ताङीले देखेको विकासको सपना पूरा गर्न आफ्नो पार्टीले भूमिका खेल्ने बताएका छन् ।

आइतबार जोमसोममा आयोजित पार्टीको प्रथम जिल्ला भेलामा उनले आफ्नो पार्टी सरकारमा गए यहाँको विकासका लागि प्राथमिकताका साथ काम गर्ने बताएका हुन् । कार्यवाहक सभापित अर्यालले रु तीन अर्बभन्दा बढी राजस्व सङ्कलन गरिसकेको कोरलानाकामा पूर्वाधार निर्माण गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।

उनले यहाँका व्यवसायी, पर्यटक तथा सुरक्षाकर्मीका लागि शौचालय, खानेपानीलगायत आधारभूत पूर्वाधार तत्काल निर्माण गर्न सरकारलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार