जनकपुरका विद्यालय तीन दिन बन्द

२०८२ मंसिर ८, सोमबार

काठमाडौँ : विवाहपञ्चमी मेलाका कारण सोमबारदेखि मधेश प्रदेशका विद्यालय तीन दिन बन्द हुने भएको छ ।

रामजानकी विवाहपञ्चमीको अवसरमा धेरै भिडभाड हुने भएकाले विद्यालय बन्द गर्ने निर्णय गरेको संस्थागत विद्यालयहरुको संस्थाले जनाएको छ ।

प्याब्सन, एन–प्याब्सन र हिसान जनकपुरधामले आइतबार संयुक्त विज्ञप्ति जारी गरेर मङ्सिर ८ गतेदेखि १० गते(तीन दिन) विद्यालय बन्द रहने जानकारी गराएका हुन् । विज्ञप्तिमा विवाह महोत्सवको भीड व्यवस्थापन तथा श्रद्धालु भक्तजनको सुविधालाई दृष्टिगत गर्दै यस्तो निर्णय गरिएको उल्लेख छ ।

विवाह महोत्सवमा भारतका विभिन्न राज्यबाट समेत ठूलो संख्यामा भक्तजन जनकपुरधाम आउने भएकाले विद्यालय भवनलाई बासस्थानका रूपमा प्रयोग गर्न अनुरोधसमेत गरिएको छ । यस्तै, विद्यालयहरूले शौचालय तथा पानीको सहज व्यवस्था मिलाउनलाई अपिलसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार