रास्वपा काठमाडौं जिल्ला सभापति विष्टले दिए राजीनामा

२०८२ मंसिर ८, सोमबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले पदबाट राजीनामा दिएका छन्। उनले मंसिर ५ गते नै पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका छन्।

राजीनामा पत्रमा आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म पार्टीको वडा, पालिका क्षेत्रको सुझाव र समस्या, विधान, मूल्य–मान्यता, पारदर्शी, बेथिति र निर्णयहीनताका विषयमा बारम्बार प्रदेश समिति, प्रदेश ईन्चार्ज तथा केन्द्रीय नेतृत्वलाई समेत जानकारी ( सचेत) गराउँदै आएको बताएका छन्।

यस उद्देश्यका लागि आफूले ६ पटक लिखित पत्राचार, ३ पटक औपचारिक बैठक तथा धेरै अनौपचारिक संवादमार्फत तथ्य प्रस्तुत गरेको, सुधारका लागि ठोस, समयानुकूल र नीतिगत निर्देशन मागेको पनि बताएका छन्। तर पनि कुनै स्पष्ट, प्रभावकारी वा उत्तरदायी मार्गदर्शन प्राप्त गर्न नसकेको पनि बताएका छन्।

‘यस्तो अवस्थामा फगत आश्वासन, मात्र बाणी, निश्चितताको खडेरी र अनिश्चितताको बाढी बोकेर अब म यस पदमा निरन्तरता दिन उपयुक्त छैन भन्ने निष्कर्षमा पुगेको छु। त्यसैले, भारी मनले, राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं जिल्ला सभापति पदबाट आजको मितिदेखि लागू हुनेगरी मेरो राजीनामा पेश गर्दछु,’ उनले भनेका छन्।

उनी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं- १० बाट उम्मेदवारसमेत बनेका थिए।

राजिनामा-पत्र-signed_251123_131713_page-0001-1763900752.jpg

राजिनामा-पत्र-signed_251123_131713_page-0002-1763900754.jpg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार