काठमाडौं : सोमबार छापावाल सुनको मूल्य १९ सय रुपैयाँले घटेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४४ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज १९ सय रुपैयाँले घटेर २ लाख ४२ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला ३ हजार १ सय ३५ रूपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर ३ हजार १ सय १५ रूपैयाँ कायम भएको छ ।











