राष्ट्रपतिसँग बिदाइ भेट

२०८२ मंसिर ९, मंगलवार

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले राष्ट्रपतिभवनमा आज बिदाइ भेट गरे ।

त्यस अवसरमा उनीहरुबीच नेपाल र साउदी अरबबीचको सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले साउदी राजदूतलाई सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरेकोमा धन्यवाद दिएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार