मोटरसाइकलले ठक्कर दिँदा वृद्धको मृत्यु

२०८२ मंसिर १०, बुधबार

नुवाकोट : गल्छी–देवीघाट–ढुंगे सडकखण्डमा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ।

वीरगन्ज–गल्छी–देवीघाट–ढुंगे–रसुवागढी सडकमार्गको बीचमा रहेको नुवाकोटको देवीघाट-बट्टार सडकखण्डमा मंगलबार बेलुकी गल्छीबाट बट्टारतर्फ जाँदै गरेको ग १८ प ६३७० नम्बरको मोटरसाइकलले विदुर नगरपालिका-५  पीपलटारमा ठक्कर दिँदा सोही स्थानका ८० वर्षीय लीलानाथ कोइरालाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

वृद्धको स्थानीयवासीले उद्धार गरी त्रिशूली अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक हरिवोल केसीले जानकारी दिए। उनका अनुसार मोटरसाइकल चालक लमजुङको सुन्दरबजार नगरपालिका-५ का २६ वर्षीय जीवन तामाङ र पछाडि बसेका सोही स्थानका ३१ वर्षीय विष्णु थापा घाइते भएका छन्।

मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक केसीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार